आँखामा नसजाऊ, हातले नसमाऊ, पानी हुँ, बगी जान देऊ
आकासबाट झर्ने, चट्टानसँग लड्ने, बानी हो, चोट खान देऊ
कलकलको आनन्द लेऊ, वह पोखेको कि हाँसेको, नसोध
बेरंग, बेस्वाद छ मेरो कहानी, तिम्रो प्रेममा रंङ्गाउँदै लान देऊ
कहिले काँही उनलाई, जानी नजानी सताउनु को, आफ्नै मजा छ
फकाए पछि अंगाली, आफ्नो प्रेममा मताउनु को, आफ्नै मजा छ
शब्दको जाल र कलमको धारलाई बिराम दिई, फुर्सद मा
लाटो सरी इसाराले, यो दिलको बात बताउनु को, आफ्नै मजा छ
मुसुक्क तिमी हाँस माया, गुलाफ सरी मेरो, मुहार पनि खिल्छ होला
लुसुक्क नजिक बस माया, मनलाई मेरो, आराम अलि मिल्छ होला
तिमी बोलेको सुन्छु मजा लाग्छ, लोभ लाग्दा अधर देख्छु नसा लाग्छ,
तिम्रो मायाको स्पर्शले लाग्छ, चिरैचिरा परेको, मुटु पनि सिल्छ होला
हुरीले उडाए हुन्थ्यो मलाई, तिमी बस्ने ठाउँ सम्म
कि पहिरोले गुडाए हुन्थ्यो तिमीलाई, मेरो गाउँ सम्म
मस्त छौ रे, मलाई भेट्ने फुर्सद छैन, तिमी व्यस्त छौ रे
घर टाँढा भएर हो कि मन? बिर्सिन्छौ रे मेरो नाउँ सम्म
✍🏻 रितु गुप्ता