दुईचार चोट, अभद्र अोठ, आँखाको खोट गन्दिनँ, सबथोक सहि नसक्नु छ
घुमटो अोढेर, ज्यान छोपेर, निस्केको बाहिर, पेटको भोक सहि नसक्नु छ
सयौँ पटक पनि लडेर फेरि उठ्न सक्छु, उठेर फेरि हिँड्न सक्छु, हिँडिरहन्छु
चाहे मुटु काटेर लैजाऊ उफ गर्दिनँ, अस्मिता गुमाएको शोक सहि नसक्नु छ
तिमी खोलो, म माछो सरी, सलल बगाउँदा, रमाउँछु म
तिमी रुख म सानी चरी, एउटा हाँगोमा घर बनाउँछु म
“तिम्रो याद साथ छ सधैं नभेटे पनि” मात्र के भन्यौ अस्ति
तिमीले अंगाले झैं घरीघरी, लठ्ठ परि आफैंमा हराउँछु म
डराएँ भने, अल्मलाएँ भने, मेरो हात समाइ उभ्नुस् हस्
कहिले काँही बोल्न नसकेको, न जानेको पनि सुन्नुस् हस्
माया र विश्वासको कुनै प्रमाण पत्र त छैन मसित
संगीतको धुन, आकासलाई जून जस्तै मलाई बुझ्नुस् हस्
कर्मले जुराएर पनि, भाग्यमा लेखिन छुटेर त होला
कसैको बिस्वास गर्न, भर पर्न आँटै आउन्न मनबाट
आफ्नो भन्नेहरु बाटै अनायासै बिस्वास टुटेर त होला
नयाँ पंख दिइ उड्न सिकायौ, कसरी मानुँ साधारण मित्र
नयाँ रंग, नयाँ ढङ्ग, नयाँ उमंग, नयाँ सपना सँगै
लाग्छ जुनि जुनिसम्म तिमीलाई बसाउँ मुटु भित्र
षड्यन्त्रकारीले, शुभचिन्तकको भूमिका, खेलेछ आज कसरी
आत्मग्लानी त पक्कै होइन, हो कि नयाँ झेल कुनै
त्यो आतंककारीले, गायत्री मन्त्र, पढेछ आज कसरी
आफन्तले लुटेका, पराइ मद्दतमा जुटेका, चित्र विचित्र देखाउँछ, समयले
गलत र सहि, कर्मको खाता र बहि को लेखा जोखा मिलाउन जानेन भने
भाग्य चलेसम्म ठिकै हो, बिग्रे, आफैंले खनेको खाल्डोमा पुर्याउँछ, समयले
तिमी मलाई प्यारो छौ, आँखाको नानी जति
तिम्रो मनमा के छ, थाह छैन मलाई तर
तिमी मलाई प्यारो छौ, राजालाई रानी जति
त्यसको लागि, निदाउने एउटा राह हो
सधैं हेरेर, जति बोलेर पनि तृष्णा मेट्दैन
त्यता के छ थाहा छैन, यता माया अथाह हो
कहाँ हराउन दिन्छु, कसेर थाम्छु तिम्रो हात
कहाँ डराउन दिन्छु, अघि बढ, म छु तिम्रो साथ
एउटा ऋतु जान्छ भने अर्को ऋतु आउँछ यहाँ
संधै औंसि मात्रै कहाँ हुन्छ, आउँछ जुनेली रात