व्यायाम, बिहानको घाम, पोसिलो माम खानै पर्यो
मास्क, सेनिटाइजर, सुरक्षा सामग्री साथमा लानै पर्यो
दुई मिटरको भौतिक दुरी र सरसफाईमा ध्यान दिंदै
बसेर खान कहाँ पुग्छ र हजुर, काममा जानै पर्यो
लापरबाही सहने छैन कोरोनाले, काइदा जान्नै पर्छ
फजुल खर्च छोडेर, सहयोग गरि, सक्नेले समाज धन्नै पर्छ
मानवता भन्दा अर्को धर्म र दान भन्दा अर्को पुण्य छैन
मरेर हेर, पोल्दा सकिन्छ शरीर, बाँचुन्जेल नाता मान्नै पर्छ
ढल्ने गर्छ रात, लाग्ने गर्छ घाम, सृष्टिको आफ्नै गतिले
सबै त पक्कै संक्रमित छैनन्, उपचार पनि पाए कतिले
आतंक नफैलाऔ, सुरक्षाको जिम्मा हामी सबैको हो
जोखिममा खट्नेको कदर स्वरूप, घरै बसौं सक्ने जतिले
✍🏻 रितु गुप्ता