हरेक ब्यक्तिको ब्यक्तिगत जिवनमा वित्त सम्बन्धी आफ्नो बेग्लै प्रकारको मनस्थितिको छाप बसेको हुन्छ। जुन परम्परागत रुपमा आफ्नो परिवार, समाजीक चालचलन, संगत आदिबाट बिकास भै उसको मन मस्तिकमा बसेको हुन्छ। यसैले ब्यक्तिगत वित्त सम्बन्धी निणर्यहरुमा निर्देशित गरेको हुन्छ। यसले ब्यक्तिको निजी वित्तीय लक्षयहरु प्राप्त गर्ने बाटाहरुमा ठुलो असर गर्दछ। ब्यक्तिहरुमा ब्यक्तिगत रुपमा खासगरी दुईखाले वित्तीय मनस्थितिहरु रहेको पाईन्छन्। ती हुनः गरिब मनस्थिति र धनी मनस्थिति। हामी मध्ये अधिकांश ब्यक्तिहरुलाई पैसा रुखमा फलदैन, पैसा नै सबै समस्याको जड हो, पैसा बनाउन धेरै पैसाको आबश्यकता पर्दछ, धनी दिन दुईगुना रात चौगुना धनी बन्दै गएका, म संग बचत गर्नको निमित्त पैसा नै बच्दैन भन्ने भाबनाले ग्रसित तुल्याएको छ। यी नै पैसा सम्बन्धी नकारात्मक धारणा हो। यस्तो संकुचित बिश्वास बोकेर हिंडने ब्यक्तिहरुले जिवनमा कहिल्यै वित्तीय स्वबलम्बन प्राप्त गर्न सक्दैनन्। यदी कुनै ब्यक्तिले जिवनमा वित्तीय रुपमा स्वतन्त्रताको चाहना राख्दछन् भने, उसले आफ्नो यस्तो खालको मनस्थितिलाई परिवर्तन गर्न आबश्यक पर्दछ। त्यस पछि उसले यो संसारमा छरिएर रहेको सम्पत्तीमा मेरो पनि स्वमित्व रहेको छ, त्यसलाई प्राप्त गरेर वित्तीय रुपमा स्वतन्त्रता पुर्बक जिवनयापन गर्नेआफ्नो अधिकारको सदुपयोग गरेरै छाड्छु भन्ने दृढ ईच्छाशक्ति जगाई त्यसलाई आफ्नो वास्तबिक जीवनमा उतार्ने प्रयत्न गर्न आबश्यक छ। यसरी पैसा सम्बन्धी सकारात्मक मनस्थिती तयार गरिसकेपछी आफ्नो आम्दानीको मुलश्रोतलाई ब्यवस्थापन गरी अतिरिक्त आम्दानीको श्रोतहरु अर्थात बित्तीय साधनहरु जुटाउने उपायहरुको खोजगरी त्यसको ब्यवहारीक रुपमा कार्यान्वयन गर्न जान्नु पर्दछ। यसको निमित्त चाहना राख्नाले मात्र प्राप्त हुंदैन र यो राता रात प्राप्त गर्न सकिने कुरा पनि हैन। यसको निमित्त ज्ञान, ध्यान, धैर्यता र समिक्षाको आबश्यकता पर्दछ ।
यसपछी वित्तयि साधनहरु जुटाउन सक्ने उपायहरुको बारेमा थाहा पाउन आबश्यक हुन्छ। बर्तमान समयमा नेपालको वित्तबजारमा उपलब्ध केही प्रमुख उपायहरुमाः
१ मुनाफा आय
२ ब्याज आय
३ डेभिडेण्ट आय
४ भाडा आम्दानी
५ रोयल्टी वापत प्राप्त हुने आम्दानी र
६ पूंजीगत लाभ आय
पैसा सम्बन्धी सकारात्मक मनस्थितिको निमार्णः
ब्यक्तिले चाहना गर्दैमा त्यसको सहजरुपमा उपलब्ध हुन सक्दैन, त्यसको निमित्त अन्तरआत्मा देखिनै सकारात्मक तरिकाले आफ्नो सोचको बिकास आबश्यक हुन्छ। यसका निमित्त केही कामहरु गर्न आबश्यक देखिन्छ ः
क आफ्ना पहिलेको बित्तिय गल्तीहरुलाई माफ गर्ने,
ख आफ्नो पैसा सम्बन्धी सोचलाई राम्रोसंग जान्ने,
ग आफुलाई अरु ब्यक्तिसंग तुलना गर्न छाड्ने,
घ असल बानी ब्यहोराको बिकास गर्ने,
ङ आफ्नो खुसीका निमित्त बजेटलाई बिस्तारीत गर्ने,
च कृतज्ञताको निमित्त अभ्यास गर्ने ।
पैसाको प्रयाप्तताको सोचको बिकास गर्दा केही अबरोधहरुको सामाना गर्न पनि पर्ने हुन सक्दछ। यसको निमित्त यी कुराहरुको कोशिस आबश्यक हुन सक्दछ।
१ आफ्नो पैसाको अबरोधक के हो त्यो पत्तालगाउने ः
आफ्ना अबिभाबकले आफुले केही चिज माग गरेको समयमा म संग त्यो चिज किन्नको निमित्त पैसा छैन भन्दा राम्रो नलागेको हुन सक्दछ र यो पैसा भनेको चिज पनि कहिलै प्रयाप्त नहुने रहेछ लाग्दछ। धनी ब्यक्तिहरु प्रतिको सोच नकारात्मक बनेको हुन सक्दछ। पैसा प्रतिको आफ्नो यस्तो सोच छ भने त्यसमा परिवर्तन गरेर म जतिसुकै परिश्रम वा त्याग गरेर पनि म पैसा कमाएरै छाडछु। आफ्नो पैसाको अभावको जिन्दगीबाट वित्तीय स्वाबलम्बनको स्तरलाई प्राप्त गर्छु गर्छु भन्ने दृढ ईच्छाशक्तीको बिकास गर्ने ।
२ आफुलाई अरुसंग दाजेर हेर्ने
यसको अर्थ देखावटी रुपमा म पनि तं भन्दा के कम भनेर दांजने कुरामा न भै, घरायसी खर्चलाई कसरी ब्यवस्थित गरिरहेको रहेछन्, कर्जाको उपयोग कुन ब्याज दरमा कहांबाट प्राप्त गरेको रहेछन्, बचत कसरी गरिरहेका रहेछन् र के कस्तो तरिकाले लगानीमा बृद्धि गरेका रहेछन् भन्ने जस्ता पक्षमा आफ्नो अवस्था र आफ्नो साथी भाईहरुको अवस्था र ब्यवहारीक पद्धती आदीको बारेमा तुलना गरी सुधारको निमित्त सहयोग तथा सरसल्लाहा लिने पक्षहरुमा तुलना गर्ने भनिएको हो।
३ अभ्यासले पूणर्ता दिलाउदछ यसर्थ निरन्तर अभ्यासमा लाग्नेः
ब्यक्तिको जान्ने बुझ्ने भए देखी सुनि लामो समय सम्म भोगी आएको कुराहरु एकै छिनमा परिवर्तन गर्न सकिन्छ भनेर सोच्नु गलत कुरा हो। माथि भने जस्तै आफुले माग गरेको कुराहरु पुरा गर्ने वित्तीय है्रसियत आफ्ना बाबु आमा संग नभएको, जहिले पनि अभाबै अभाबमा जिवन बितेको कुरा दिमागमा घर बनाईसकेको कुरालाई एकै छिनमा आमुल परिवर्तन गर्न सहज छैन। यसैले पैसाको बारेमा अध्ययन, अनुसन्धान गरी आफ्नो वित्तीय लक्षहरुलाई कसरी पुरा गर्न सकिंने रहेछ त्यसको ब्यवहारीक अभ्यास समेत गर्दै जानाले पछि अवश्य आफुमा सकारात्मक धारणाको बिकास भएको नतिजा पाउन सकिन्छ।
४ ब्यक्तिगत वित्त सम्बन्धी आफनो ज्ञानलाई निरन्तर समय सापेक्ष बढाउदै लैजानेः
समय अनुसार ज्ञान र प्रबिधिको क्षेत्रमा निरन्तर परिवर्तन भैरहेको हुन्छ। आफ्नो सम्पत्तीको बिकास र बृद्धिको दरलाई बढाउन समय परिस्थिति अनुसारको परिवर्तित ज्ञानको भण्डारलाई पनि अध्याबधि गर्न आबश्यक हुन्छ। आफ्नो आयको मुलश्रोतबाट अन्य श्रोतहरुको बिकास गर्दै लैजान बचत गर्न आबश्यक हुन्छ भने बचत गरेको रकमलाई सुरक्षित लगानी गर्दै त्यसबाट प्राप्त ब्याज आम्दानीलाई पनि लगानी गरी अर्को आम्दानीको श्रोत निर्माण गर्दै निष्कृय आम्दानीको श्रोतहरुमा बृद्धि गदै लैजान देशको बित्त बजारको अवस्था, बित्तीय उपकरणहरुको बिकास र बृद्धि र बित्तीय क्षेत्रमा बिकास भएको नबिनतम प्रबिधिहरुको बारेमा आफ्नो ज्ञानको बिकास गरी ज्ञान, ध्यान, धैर्यता र समिक्षाका कार्यहरुलाई निरन्तरता प्रदान गर्न सक्ने ब्यक्तिहरुले मात्र आर्थिक सम्पन्नता प्राप्त गर्न सक्दछ।
के तपाईले बिचार गर्नु भएको छ, अहिले तपाईको पैसा सम्बन्धी सोच प्रयाप्तताको छ वा अभाव ग्रस्तको अवस्थाको छ तपाईले आफ्नो यस प्रकारको सकारात्मक सोच बिकास गर्न कडा प्रयत्न गर्नु भएको छ।
पैसा सम्बन्धी सकारात्मक धारणाको बिकास किन आबश्यक छः
ब्यक्तिले पैसा सम्बन्धी आफ्नो धारणालाई सकारत्मक ढंगबाट किन सुधार गर्न आबश्यक छ भन्ने कुरानको धेरै कारणहरु हुन सक्दछन्। तपाईले जब पैसा सम्बन्धी सकारात्मक सोचको बिकास गर्नुहुन्छ, तव ः
क तपाईले केवल समस्याहरु तर्फ मात्र ध्यान दिन छाडी त्यसको बाधा अवरोधहरु के के हुन ती कुराहरु पत्तोलगाई समाधान तर्फ लाग्न सक्नु हुन्छ ।
ख आफ्नो बिद्यमान बित्तीय परिस्थितिको बारेमा थाहा पाई त्यो परिस्थितिलाई परिवर्तन गरी उत्तम अवस्था तिर लैजाने प्रयत्न गर्न सक्नु हुन्छ ।
ग बिस्तारै संघर्ष गर्नुको साटो महत्वपुर्ण सुझाब सल्लाहको निमित्त सम्बन्धीत क्षेत्रको बिज्ञसंग सहयोग लिन सक्नु हुन्छ ।
घ स साना उपलब्धीहरु देखी खुसी हुंदै स साना उपलब्धीहरुको माध्यमबाट ठुलो उपलब्धी भेट्टाउन सकिने कुरालाई जान्न सक्नु हुन्छ।
ङ पैसा प्रयाप्तता गर्ने बाटो तर्फ हेर्न सक्नु हुन्छ।
च आफुसंग शुरुमा उपलब्ध भएका बित्तिय श्रोतको बारेमा आभारी हुन सक्नु हुन्छ।
छ आफुलाई अझ राम्रा कामहरु गर्ने तर्फ अग्रसर गराउन सक्नु हुन्छ।
सोच यती शक्तिशाली हुन्छकी हरेक दिनको सोचले तपाईलाई वास्तबिकतामा परिवर्तन गर्न सक्दछ। यदी तपार्र्र्इले सकारात्मक सोच राख्नुहुन्छ भने अवश्य नै सकारात्मक परिणामहरु प्राप्त गर्न सक्नु हुन्छ। अर्थात तपाईले यसको नतिजा स्वरुप तपाइृको जिवनमा ढिलो चांडो बित्तीय स्वाबलम्बन, बित्तीय स्वतन्त्रता, वित्तीय आरामी र सम्पत्तिको प्रयाप्तताको स्तरमा आफुलाई पुर्याउन सक्नु हुन्छ।
गरिब मानिसहरु पैसाको निमित्त परिश्रम गर्दछन् भने धनि मानिजसहरुले पैसालाई आफ्नो निमित्त परिश्रम गर्न काममा लगाउदछन्। धनिले डराउदै काम कामलाई अगाडी बढाउदछन् भने गरीवहरु डरको कारणबाट काम गर्नै छाडदछन्। यसै कारणले धनिसंग धन आकर्षित हुंदै आउदछ भने गरीबबाट धन टाढा टाढा भाग्दछ। धन बृद्धिका निमित्त आफ्नो आम्दानीबाट बचत गर्न आबश्यक हुन्छ र उक्त बचत रकमलाई सुरक्षित लगानीको माध्यमबाट बृद्धि गरिएको हुन आबश्यक छ। यसको निमित्त लगानी सम्बन्धी ज्ञान, अनुभव हांसिल गरेको हुन आबश्यक छ। लगनी गर्दा लोभ लालचमा फस्नबाट बच्न आबश्यक हुन्छ। नियम संगत एवं पद्धतीगत ढंगबाट लगानी गर्न जान्न आबश्यक छ। ध्यान निष्कृय आम्दानी बढाउन तर्फ केन्द्रित गर्ने र कठिन भन्दा कठिन निणर्य लिन पनि पछि नपर्ने। शसक्त मानसिकताको बिकास गर्ने म सक्दीन भन्ने मानसिकतालाई आफ्नो दिमागबाट हटाउने। आफ्नो ज्ञान र अनुभवलाई निरन्तर बढाउदै लग्ने यसका निमित्त किताव, सेमिनार, गोष्ठी आदिको माध्यम अपनाउन सकिन्छ। आफ्नो निमित्त लगानी गर्ने। जसले परिवर्तनलाई आफ्नो अनुकुल बनाउन सक्यो उसले जीवनमा सफलता प्राप्त गर्यो, जसले सकेन उसले जिवनभर वित्तीय संकटपूर्ण जीवन बिताउन बाध्य भए।
अधिकाश आफ्नो सोचमा समय सापेक्ष परिवर्तन गर्न नसक्ने मानिसहरु नै आजको महामारीको समयमा आफ्नो दैनिक जीवन यापनको निमित्त समस्या झेलीरहेका छन्। यो समस्यामा सरकारी क्षेत्रको स्थाई सेवाका जागिरेहरु र केही ठुला संगठित संस्थाहरुमा काम गर्ने बाहेकका कोही हप्ता दिन भित्र, कोही महिना दिन र ३ महिना पछि त अधिकांश सर्ब साधारण, मजदुर, उद्यमी ब्यवसायी मारमा परिसकेको पाईन्छन्। यो भनेको ब्यक्तिहरुमा सम्भाबित परिस्थितिको आंकलन गर्न सक्ने क्षमताको अभाव हुनु हो। भारतीय नाका बन्दी, भुकम्प, राजनीतिक अस्थिरताको कारणबाट वा यस्तै अन्य प्रकारको महामारीको कारणबाट साना तिना कठिनाईहरु अनुभव नगरेका होईनन् तर पनि मानिसहरुमा संकटकालिन कोषको स्थापना गर्ने तर्फ ध्यान गएन र अहिलेको अवस्था कति दिन सम्म लम्बीने हो त्यो एकिन छैन, यसले हरेक मानिसहरुलाई एक पछि अर्को गरेर वित्तीय रुपमा संकटमा धकेल्दै गरेको छ र यसले राज्यको संयन्त्रहरुलाई समेत असर गर्न थालिसकेको छ।
आफ्नो परम्परागत सोचमा परिवर्तन गर्ने चुनौतीलाई स्वीकार गर्न सिक्न आबश्यक छ। यदी तपाई संधै सुबिधाजनक परिस्थीको अपेक्षामा रहनु हुन्छ भने तपाई फन्दामा पर्नुहुन्छ। किन भने सुबिधा जनक जीवनशैलीको पछि लाग्ने मानिसहरुले जतिसुकै कमाए पनि कमाएको सबै पैसा ऐश आरामको जिवनयापनमा खर्च गर्दछन्, अझ नपुगे ऋण लिएर भएपनि त्यो सुबिधालाई उपभोग गरेरै छाडने बानी परेको हुन्छ र भोली रोजगारी गुमेको अवस्थामा, वा काम गर्न सक्ने परिस्थिति नरहेको अवस्थामा ऊसंग आफु र आफ्नो परिवारको साधारण अत्याबश्यक खर्चहरु समेत धान्ने आर्थिक हैसियत नरहन पनि सक्दछ। यो सम्भाबित परिणामलाई ध्यानमा राखेर आफ्नो जिवनस्तरलाई सन्तुलित ढंगबाट अघिबढाउन चुनौतिको स्वीकार गर्न आबश्यक छ। त्यो चुनौति भनेको आफ्नो जिवनस्तरलाई अनपेक्षित रुपमा न उकासी सन्तुलित ढंगबाट बिकास र बिस्तार गर्ने र भविष्यमा आईपर्न सक्ने सम्भाबित समस्याहरुका प्रति ध्यान दिई त्यो समयको निमित्तलाईै समेत रकम बचाई उक्त बचत रकमको बिकास र बिस्तार गर्दै लैजाने। जस्तो सुकै जोखिम मोलेर भए पनि आफ्नो बित्तीय स्वतन्त्रता प्राप्ती तथा वित्तीय आरामीको जिवन यापनको लक्षलाई पुरा गर्ने। यस बिचमा आईपर्ने संकटकालिन परिस्थितिबाट पार पाउन अल्पकालिन उपायहरुको ब्यवस्थापन गर्दै आफ्नो दीर्घकालिन लक्ष्को मार्गलाई सहज र सरल बनाउने् तर्फ लाग्ने। आफुले बेलैमा भोलिको सम्भाबित समस्याको आंकलन गरेर त्यसको जोखिमबाट पारपाउने तर्फ सोच बिचार नगर्ने तर संकटकालिन समयमा अरुले सहयोग गरेनन् भनेर दोषजती अरुलाई थोपर्ने सोचबाट बाहिर निस्कन सकिएन भने अन्तमा त्यसको नतिजा स्वयंलेनै त भोग्ने हो। अरुले त रमिता हेर्ने हो। अनि हुंदो नहुंदो प्रतिकृया ब्यक्त गर्ने हुन्।
जगजीवनराम श्रेष्ट
अबकाश प्राप्त बरिष्ठ प्रबन्धक
राष्ट्रिय बाणिज्य बैंक