गाजलु ती मोहनी लाग्ने आँखा, हेरुँ हेरुँ लाग्छ
उनकै यादमा दिन रात गजल , लेखुँ लेखुँ लाग्छ

हरियो चुरा, हरियो सारी, हरियो नै निधारको टीका
पुरै त्यो हरियाली शरीर संधै, देखुँ देखुँ लाग्छ

तेजस्वी उनको त्यो, सुन्दर बदनको सुबासमा
सारा संसार भुलेर मोहकतामा, सेकुँ सेकुँ लाग्छ

कालो लामो मुलायत त्यो, बादल जस्तो केस कतै
हावाले उडाएर लैजान्छ कि भनी, छेकुँ छेकुँ लाग्छ

हिजोआज नजर , उनकै घर तिर दौडिरहेको हुन्छ
भेट्न आतुर लागेर उनको आँगन, टेकुँ टेकुँ लाग्छ

रितु गुप्ता
बीरगंज १०, पर्सा