तिमी हिड्ने बाटोमा संधै , फुलै फुल होस
मुहान नै मिलोस खुसीको , मुलै मुल होस
यतातिर मलाई मेरै आँसुले बगाएको बेला
तिमी जाने बाटोको नदिमा, पुलै पुल होस
नाम रहोस अनि सफलताले शिखर चुमोस
शहर भरी तिम्रै नाम लेखेको, तुलै तुल होस
मेरो बिरोधमा मानिसहरू आवाज उठाउँदा
तिम्रो समर्थनमा मानिसको, हुलै हुल होस
चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल- महालक्ष्मी -५ टिकाथली ललितपुर