बिना दौरा सुरुवाल, जवारीको के काम
समय बिते पछि, बफादारीको के काम
उपयोगमा चलेको रैछ सारा सम्बन्धहरु
गन्तव्यमा पुगे पछि, सवारीको के काम
सबै कुरा जोड्न सकिन्छ भन्ने गर्छ्न यहाँ
तर मन नै टुटे पछि, समझदारीको के काम
थोपा बाँकी नराखी, संसार नै लुटिए पछि
लुटेराले देखाएको, इमान्दारीको के काम
चोरलाई ढुकुटीको साँचो जिम्मा लगाएर
ढुकुटी रित्तिए पछि, खबरदारीको के काम
✍️ चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल- महालक्ष्मी -५ टिकाथली ललितपुर