फेरि त्यही गल्ती, दोहोराएको त होइन?
घनघोर अँध्कारमा, म हराएको त होइन?
मनको बाघले, किन खाइ रा’छ दिनरात?
निराश-हतास छु, ब्यर्थै डराएको त होइन?
मनले जताजता दोर्यायो, पछि पछि गए म
तिमीलाई खोज्दै, बाटो बिराएको त होइन?
मनले आफ्नो बनायो, आफ्नो जस्तो लागेर
अवसरवादीलाई, दिलमा छिराएको त होइन?
जून तारा होइन, आँखाले तिम्रै सपना देख्छन्
धड्कनले पनि, तिम्रै नाम कराएको त होइन?
मायालु चम्किला आँखा, बिर्सिन मैले सकिनँ
कतै मैले तिम्रो आत्मा, मन पराएको त होइन?
-रितु गुप्ता