तिमी हावा, म पानी, हाम्रो स्वभाव र चाल फरक छ
तिमी कृष्ण, म दासी, मायामा हाम्रो हाल फरक छ

कुनै शुल्क लाग्दैन, निर्धक्क बस मुटु भित्र
बाहिर त यहाँ मानिस अनुसार बहाल फरक छ

ढुकढुक हुने तिम्रो मुटु, हल्ला गर्ने मेरो पाउजु चुपचाप किन
बगाएर लग्ला, प्रेमको समुन्द्रमा आज उछाल फरक छ

तिमीलाई आकासमा भेट्न बाफ बनि आउन सक्छु तर
फुटाउन सक्दिनँ कि मैले, त्यो उपेक्षाको पर्खाल ‌फरक छ

✍🏻 रितु गुप्ता