ठ्याम्मै बिर्सेको थियो अोठले मुस्कुराउन, काउकुती लाउने लाई आभार
ठ्याक्कै लागेको थियो कोपिला अोइलाउन, भमरा भइ आउने लाई आभार
कुन्नि के जादु, कुन मन्त्र फुक्यो उस्ले, नयाँ तरंगहरू बग्ने थाले नसामा
झ्याप्पै अस्ताउन लागेको थियो घाम, उज्यालो ज्योति जलाउने लाई आभार
ह्वात्तै बढेको थियो निराशा, गुनासो र त्रास, फसेर तिनमा मुर्छा परेको बेला
कसेर अंगालोमा, आकास जति पत्याउने, नयाँ बिस्वास जगाउने लाई आभार
छ्याप्पै छ्यापेको थियो समयले पानी, रंग उमंग सारा धोएर गए पनि
नयाँ ढंगले, जिन्दगीको तालसँग ताल मिलाएर नाच्न सघाउने लाई आभार
✍🏻 रितु गुप्ता
🤝❤️