केही अनुकुल
केही प्रतिकुल
अप्रत्याशित कुराहरुले
मिठा छोराहरूले, तिता धतुराहरुले,
सताउन र मताउन खोजे, सकेनन्।

आँधी आयो, हिमपात पनि भयो
बाढी आयो, पहिरो पनि गयो
दिनरात बित्दै गए
घटना नानाथरी भए
सुरुमा आफैंलाई हराएँ मेलाहरुमा
फस्दै गएँ दुनियादारीका झमेलाहरुमा
पासोको खेलमा रुझेँ पछि,
दाउपेच नै नबुझे पछि,
धेरैले झेलमा पार्न खोजे, सकेनन्।

पाउने पाएँ, गुमाउने गुमाएँ
राती ब्वाँसोहरू कराए, बिहानी हराए
केही चुडेर गए, केही छुटेर गए
केही सदाका लागि सँगै रहिरहे
छायाँहरुले पनि तर्साउन खोजे, सकेनन्।

✍🏻रितु💕