माया छ

तर

मायाको
उमेर छैन
लिङ्ग छैन
रुप छैन
रङ्ग छैन

 

मुटु छ
मुटुको धड्कन छ
धड्कनमा तड्पन छ
उसको लागि छ
तर बताउन बाँकी छ

 

भावना छ
सपना छ
कल्पना छ
उ आफ्नो छैन
तर

उसका याद आफ्ना छ

 

दयारा छ
पहरा छ
तगडा छ
तर
उ दिलको बगैंचामा
घुम्ने भमरा छ
किन कुन्नि प्रेममा
मग्न पगला छ

 

आइ’रा छ
गइ’रा‌ छ
दिन रात
तर
नबोल्न पायो दुई बात
नदेख्न पायो त्यो मुहार
कुन देवीलाई गर्नु गुहार!

✍🏻 रितु गुप्ता