तिमी टाढा छौ, मनमा खुसी छैन।

एक्लो छ, चुप छ, तर दुखी छैन।।

 

त्यही दिन, त्यही रात, तेस्तै संसार।

तिमीसँग बहार, तिमी बिना बेकार।।

 

आँखा तारा चन्द्र मुहार आभा प्रकाश।

तिमी मेरो धर्ती, तिमी नै मेरो आकाश।।

 

तिमी मेरो उर्जा, तिमी नै मलाई शितल।

तिमी सुन तिमी चाँदी बाँकी सब पितल।।

 

तिमी फुल, तिमी खुस्बु, तिमी रङ्ग।

मेरो हाँसो, मेरो चाहना, मेरो उमङ्ग।।

 

तिमी जति मेरो कोइ, आफ्नो छैन।

जुनीजुनीको साथी, चानचुने हैन।।

 

मुटु ‌चलेको छ, तिम्रै मायाको भरमा।

फरक छैन हाम्रो धड्कनको स्वरमा।।

 

तिमी टाढा छौ, मनमा खुसी छैन।।

  • एक्लो छ, चुप छ, तर दुखी छैन…….

 

✍🏻 रितु गुप्ता