आडम्बर वा बवडरको कुरा, शरीरमा बल‌ आए पछि मात्रै
अभिलाषा वा तमासाका कुरा, तन निरोगी पाए पछि मात्रै

सपना वा कल्पना‌का कुरा, हातमुख जोर्न सकाए पछि मात्रै
बजार वा शृंगारका कुरा, टन्न मीठो ‌खाई अघाए, पछि मात्रै

सरकार वा सरोकारको कुरा, भरेको थाल बजाए पछि मात्रै
माया वा सुन्दर कायाको कुरा, पेटको भोक मेटाए पछि मात्रै

✍🏻 रितु गुप्ता